६०/४० काे भागबन्डा असम्भव,अब दन्त्य कथा बनिसक्यो :शर्मा


काठमाडौँ । पार्टीभित्र ६०/४० काे भागबन्डा मिलाएर जानुपर्ने कुरा उठ्न थालेपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सम्भव नभएकाे बताएका छन् ।

बुधबार मधेस प्रदेशको बर्दिबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ६०/४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसकेकाे टिप्पणी गरे ।

यस्तै उनले २०६२/६३ को जनआन्दोलन, माओवादी र मधेस आन्दोलनले स्थापित गरेको उपलब्धिहरू खण्डित नहुने गरी संविधान संशोधन गरिनुपर्ने धारणा राखे ।

‘२०६२/६३ को आन्दोलन, माओवादी विद्रोह र मधेस आन्दोलन लगायतले स्थापित गरेका उपलब्धिहरू खण्डित हुनुहुन्न’, शर्माले भने, ‘त्यसबेला संविधानसभामा रहेका तर अहिले प्रतिनिधिसभामा नरहेका मधेस केन्द्रित दलहरूको भावना समेत जोड्न सक्नुपर्छ ।’

विशेष महाधिवेशनको विपक्षमा रहेका कयौँ नेताहरुलाई केन्द्रमा, संसदीय दलमा र भ्रातृ संस्थाहरूमा ल्याइएको उनले दाबी गरे ।