मकवानपुर, ६ जेठ । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा परीक्षणको आठौँ वार्षिक प्रतिवेदन २०८३ पेस गरिएको छ ।
महालेखा परीक्षण कार्यालयका नायब महालेखा परीक्षक घनश्याम काफ्लेले आज यहाँ सो प्रतिवेदन पेस गरेका हुन् ।
गत आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरेर तयार पारिएको आठौँ वार्षिक प्रतिवेदन २०८३ को प्रदेश प्रमुख सचिवालयमा पनि दर्ता गरिएको प्रदेश प्रमुख सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले बताए । रासस




प्रतिक्रिया