आठ विश्वविद्यालयको उपकुलपतिको लागि २१८ जनाको आवेदन,त्रिविमा बात्रै ५० जना


काठमाडौं । आठ वटा विश्वविद्यालयको उपकुलपतिको लागि २१८ जनाको आवेदन परेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले आज एक सूचना जारी गर्दै यो बारेमा जानकारी दिएको हो ।

मन्त्रालयको अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको छ ।

गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपततिको लागि खुला आह्वान गरिएको थियो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।