काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् । बिहीबारको बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुख निष्पक्ष नदेखिएको टिप्पणी गरे।
‘‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले भने ।
विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गर्दै उनले सभामुखलाई भने ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’




प्रतिक्रिया