प्रधानमन्त्री टापुको सम्राट् हो कि यो संसदको पनि अभिन्न अंग हो ? :अर्जुननरसिंह केसी


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग होकी होइन भन्दै संसदमा प्रश्न खडा गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको बताए । विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएको भन्दै केसीले आपत्ति जनाए ।

‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहिँ थाहा पाएको छैन है । उहाँ भन्दै साम्राज्यको कहीँको टापुको सम्राट् हो कि यो संसदको पनि अभिन्न अंग हो ?’ उनले भनेका थिए ।