अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ


काठमाडौं, काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने सुनसरी घर भएका ४० वर्षीय देवेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ७ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-९ गोंगबुबाट २ ग्राम ८ सय १० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित राई बसेको श्रमिक गेष्ट हाउसको २०२ नम्बरको कोठा तलासी गर्दा थप ३१ ग्राम ९ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो । 

यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१ बस्ने ३८ वर्षीय मायोज भन्ने दिनेश महर्जनलाई नियन्त्रित लागूऔषध डाइजेपाम ६४७ एम्पुल, फेनारगन ६४७ एम्पुल, नोर्फिन ६४७ एम्पुल र नगद २० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने चितवन भरतपुर महानगरपालिका-१ घर भएका ५२ वर्षीय आकाश लामालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 रूपन्देही, कञ्चन गाउँपालिका-३ हरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय उत्तम भन्ने इन्द्रजित चालिसे र सोही गाउँपालिका-३ बस्ने ३९ वर्षीय देव बहादुर थापा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

  बाँके, खजुरा गाउँपालिका-६ सिमलघारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-६ सिमघारी बस्ने २३ वर्षीय धमेन्द्र विकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२० सुखरामपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रामपाल बर्मा र २० वर्षीय बिशाल खटिक रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले सुखरामपुरबाट मनिकापुरतर्फ जाँदै गरेको भे. १० प २०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ सन्देश चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्र भुजेल, २३ वर्षीय रोनित राई र २२ वर्षीय सुरज मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौँडा उपमहानगरपालिका-६ खुमलटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २१ वर्षीय रोनक खड्गी र सोही उपमहानगरपालिका-१८ हर्नामाडी बस्ने २९ वर्षीय रोशन मालबुले रहेका छन् । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१७ पशुपति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशाल राज धामी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ३० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-१० बस्ने २६ वर्षीय रमेश उराउलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

   सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ७० मिलिग्राम सहित ओखलढुङ्गा चम्पादेवी नगरपालिका-५ बस्ने २५ वर्षीय रूद्र कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०१-००५ ख ९७६० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

चितवन, भरतपुर महानगरपालिका-४ शिवघाट बस्ने ३३ वर्षीय सलिम अलिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८७ हजार ५ सय रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।    

झापा, भद्रपुर नगरपालिका-३ भाङबारी फलामेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राई रहेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचोबाट अवैध लागूऔषध गाँजा २ सय ९० ग्राम सहित सोही ठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-५ घर भएकी ४५ वर्षीया सम्झना तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय सुरज बोहरा समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।