प्रधानमन्त्री शाहलाई भेटेर सभामुख अर्यालले के भने ?


काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।

सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।

विपक्षी दलहरुले लगातार प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग राख्दै सदन अवरोध गर्दै आएका छन् ।

आज पनि बैठक अवरोध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्दै प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।