काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज पश्चिमी तराईमा अत्यधिक गर्मी बढ्ने जनाएको छ।
पूर्वानुमान सार्वजनिक गर्दै विभागले आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको र तराईमा तातो हावाको लहर चल्ने देखिए पनि देशका अन्य धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाइएको छ।
यस्तै दिउँसोको समयमा दिपायल, धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी हुनेछ। यी शहरहरूको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यहाँ वर्षाको कुनै सम्भावना छैन र दिनभर तातो हावाको लहर चल्नेछ। त्यसैगरी, वीरेन्द्रनगरको तापक्रम पनि ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्नेछ। रातिको समयमा भने यी स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ र न्यूनतम तापक्रम २१ देखि २९ डिग्री सेल्सियसको बिचमा रहनेछ।
संघीय राजधानी काठमाडौँलगायत धरान, धनकुटा, विराटनगर, जिरी र जोमसोममा ४० प्रतिशत सम्भाव्यतासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। काठमाडौंको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहनेछ। सिमरा र जनकपुरमा दिउँसो हल्का वर्षा भए पनि राति मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।




प्रतिक्रिया