काठमाडौँ । बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छिन् । बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी आज नेपाल आइपुगेकी हुन् ।
उनी नेपाल भ्रमणमा आएको पुष्टि काठमाडौँस्थित बेलायती दूतावासले गरेको छ । राज्यमन्त्री सीमालाई स्वागत गर्दै दूतावासले बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हुने बताउँदै दुई देशको मित्रता तथा साझेदारीलाई अझ बलियो बनाउने बताएको छ ।
सन् २०११ देखि पश्चिम लन्डनस्थित फेल्थम एन्ड हेस्टन क्षेत्रकी सांसद समेत रहेकी उनी बेलायतको संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति तथा इन्डो–प्यासिफिक क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।
उनले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न बीआइआइले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् । बीआईआईले नेपालमा हरित ऊर्जा, दिगो विकास, साना तथा मझौला उद्यम र निजी क्षेत्रको विस्तारमा लगानी गर्दै आएको छ । हालै नेपालमा हरित बन्डमार्फत जलवायुमैत्री लगानी विस्तारमा समेत यसले सहकार्य गरेको थियो ।



प्रतिक्रिया