सशस्त्रका बेहोस ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

File Photo

काठमाडौँ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् ।

बेहोस भएका मध्ये ६ जनालाई सेनाको स्काई ट्रक मार्फत काठमाडौँ ल्याउन लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

एक जना जवानको अवस्था सामान्य छ ।