ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार बाेल्दैन : एमाले सांसद


काठमाडौँ । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा एमालेका सांसद सोमनाथ पार्तेलले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् ।

‘पहाडको एउटा डाँडोमा गएर चिच्यायो भने अर्को डाँडोसम्म ध्वनि फर्किन्छ तर सरकार ५६ दिनसम्म बोल्दैन,’ पोर्तेलले भने ।

उनले जनप्रतिनिधिले उठाएका विषयमा जवाफ दिन रुलिङ गर्न पनि सभाध्यक्षमार्फत माग गरे ।