काठमाडौं, जेठ ९ । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्याएको छ। दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक, पुल–पुलेसा र सर्वसाधारणका घरमा क्षति गरेको हो।
तमोर नदीमा निर्माणाधीन लिम्बुनी मोटरेबल पुल बाढीले बगाएको छ भने दोभाने खोलास्थित जलविद्युत् आयोजनामा समेत क्षति पुगेको जनाइएको छ। यस्तै, पहिरोले याङवरक–३ र ७ बीचको लाम्वाखोला ढाँड क्षेत्रमा दुई घर बगाएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
पहिरोका कारण च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ। प्रशासनले निरन्तर वर्षा र सम्पर्क अवरोधका कारण क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ।



प्रतिक्रिया