शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । इतर समूहले बिहीबार गरेको वडा अधिवेशनमा देउवा डडेलधुरा जिल्लाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । 

नेपाली कांग्रेस इतर समूहको १५ औँ महाधिवेशनअन्तर्गत डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ बाट उनी सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको हाे ।