काठमाडौं, जेठ ९। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यक्ष पदमा नियुक्तिसम्बन्धी सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारसँग आवेदन मागेको हो।
सूचनाअनुसार संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ १८ गतेभित्र दरखास्त पेस गरिसक्नुपर्नेछ।
दरखास्त पेस गर्न चाहने उम्मेदवारले दरखास्त फाराम, आवश्यक योग्यता, र संलग्न गर्नुपर्ने कागजातको विस्तृत जानकारीका लागि मन्त्रालय र संस्थाको आधिकारिक वेबसाइट हेर्न सक्नेछन्। समितिका अनुसार विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइटमा उपलब्ध गराइएको छ। यसअघि गत बिहीबार दरखास्त आह्वानको सूचना निकालेर शुक्रबार खारेज गरिएको थियो।



प्रतिक्रिया