भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकआज पनि बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः३० बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुनेछ ।
पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए ।
आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ । यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ ।



प्रतिक्रिया