विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु’,उनले भने,‘ त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ, पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो । यसमा कसैले अवरोध सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ ।’



प्रतिक्रिया