एमालेको सचिवालय बैठक गुन्डुमा शुरु


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ ।

शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेका छन् भने आज महासचिव, उपमहासचिव र सचिवहरुले बोल्नेछन् ।

राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।