बारा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गरेकी छन् ।
शनिबार निरीक्षणका क्रममा नेपाल आयल निगमका निमित निर्देशक नागेन्द्र शाहसहितको उच्च टोलीले मन्त्री यादवलाई निगमको हालको अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थाबारे विस्तृत जानकारी गराएको थियो।
अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको परिस्थितिबिच भएको यस निरीक्षणका क्रममा मन्त्री यादवले मूल्य वृद्धिको असर कम गर्न इथानोल उत्पादनमा जोड दिइन् । साथै अन्य वैकल्पिक उपायहरू खोज्नुपर्ने पनि बताइन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिएकी थिइन् ।



प्रतिक्रिया