काठमाडौं, जेठ ९ । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ ।
अस्पताल श्रोतले भनेको छ, “अल–तुआम क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी इजरायली हवाई आक्रमण भएको, यसबाट पाँच प्रहरीले शहादत प्राप्त गरेका र कैयौँ प्रहरी घाइते भएको अवस्थामा अस्पतालमा ल्याइएको थियो।”
इजरायली सैन्य स्रोतले एएफपीलाई बताएअनुसार सेनाले उक्त क्षेत्रमा रहेका हमासका आतङ्ककारीहरूलाई निशाना बनाएको थियो। गाजामा हमास र इजरायलबीच अक्टोबरदेखि युद्धविराम लागू भएको छ तर सम्झौतामा इजरायलले खतराको रूपमा सोचेको लक्ष्यमा आक्रमण गर्ने अधिकार सुरक्षित राखेको छ।



प्रतिक्रिया