एमाले सचिवालयका ८० प्रतिशत सदस्य ओलीको विपक्षमा


काठमाडौं, जेठ ९ । नेकपा (एमाले) मा रुपान्तरण र पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन्। शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका हुन्। एमालेमा १९ जनाको सचिवालय छ । जसमध्ये उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिएका छन् ।