काठमाडौं, जेठ १० । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बैठक बस्नेछ । आजको बैठकमा बाँकी सचिवालय सदस्यले धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
शुक्रबारदेखि जारी सचिवालय बैठकमा अधिकांश सदस्यले अध्यक्ष ओलीलाई पार्टी पुनर्गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । ओलीपक्षका भनेर विगतमा चिनिएका नेताले समेत ओलीलाई पद छाड्न सुझाव दिएका छन् ।



प्रतिक्रिया