परराष्ट्रमन्त्रीको भ्रमण स्थगित लगत्तै रवि लामिछाने भारत जाँदै


काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि वैशाख १८ गते भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि लामिछाने भारत भ्रमणमा जान लागेका हुन् ।
प्रतिक्रिया