वाशिङटन डीसी । वाशिंगटनमा ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा मारिएका संदिग्धको पहिचान भएको छ ।
उक्त व्यक्ति २१ वर्षीय नासिर बेस्ट भएको थाहा भएको छ । एक अनुसन्धान अधिकारीले बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएसलाई यो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
स्रोतले बताएअनुसार संदिग्धलाई यस अघि २०२५ को जुलाईमा ह्वाइट हाउसमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी गोप्य सेवाले पनि पक्राउ गरेको थियो । मानसिक स्वास्थ्य समस्याका कारण उनलाई पछि मनोचिकित्सा वार्डमा पठाइएको थियो ।
गोप्य सेवाको कथन अनुसार, उक्त व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर १७औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नजिकै शनिबार साँझ ६ बजे गोली चलाएको थियो ।
त्यसपछि गोप्य सेवाका अधिकारीहरूले जवाफी फायरिङ गरे । यस क्रममा संदिग्धलाई गोली लागेको थियो। उनलाई अस्पताल लगिएको थियो । डाक्टरहरूले उनलाई मृत घोषित गरे । एजेन्सी



प्रतिक्रिया