काठमाडौं । पार्टी एकताको दबाब दिँदै नेविसंघका कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया