काठमाडौँ । सप्तरीबाट भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
सुरुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित प्रमाणपुरबाट भ्रष्टाचार मुद्दामा फरार जनक किशोर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।
चौधरीलाई भ्रष्टाचार मुद्दामा अदालतले ६ महिना कैद र २ लाख २० हजार जरिवाना हुने फैसला गरेको थियो ।



प्रतिक्रिया