काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर अर्यालले यादवलाई भेटेका थिए ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा छलफल भएको थियो।



प्रतिक्रिया