काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।
उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी ढंगले काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकताको पूर्तिबारे बहस गर्नुपर्ने अवस्था नआउने बताए ।
सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट पुराना गलत प्रवृत्ति दोहोरिन नहुने अपेक्षा समेत व्यक्त गरे ।



प्रतिक्रिया