पार्टी एकता कायम गर्न डा. शेखर कोइरालाले अघि सारे ५ बुँदे प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम गर्न ५ बुँदे प्रस्ताव अघि सारेका छन्।

सभापति गगन थापा र महामन्त्री प्रदिप पौडेलसँग नेता कोइरालाले पार्टी विभाजन रोक्नको लागि ५ बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका हुन्।

यस्ताे छ सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेललसँग नेता डा.कोइरालाले राखेका प्रस्तावहरु :

१) १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।

२) १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।

३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।

४) कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।

५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।