न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्छ :सांसद न्यौपाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा न्यौपानेले यस्तो माग राखेका हुन् ।

‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले पारदर्शिता छैन,’ सांसद न्यौपानेले भने, ‘अविलम्ब न्यायाधीशको सम्पत्ति वेबसाइटमा रहने व्यवस्था गर्नपर्‍यो ।’ न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्‍यो ।’