काठमाडौं । नेपाल मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित भएका छन् ।
संघको काठमाडौंमा सम्पन्न १३औं राष्ट्रिय महाधिवेशनबाट रक्षाबहादुर १९६ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अन्य प्रत्यासीहरू धनबहादुर पुनले १३३, गंगाबहादुर थापाले ८९, दलबहादुर विरकट्टाले २० र गंगा खासुले १४ मत प्राप्त गरे । खासुले अन्तिममा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा १७१ मत सहित होमराज खपाङ्गी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वीहरू जगतबहादुर रेश्मीले १६३ र राम अस्लामीले ९८ मत पाएका थिए ।



प्रतिक्रिया