सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य 


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ ।

कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

जसअनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।