कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते


कपिलवस्तु । मंगलबार बिहान कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेततर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा दुर्घटना हुँदा ३८ यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ यात्रुको अवस्था गम्भीर रहेको र १९ जनाको अवस्था मध्यम र अन्य १७ यात्रुको अवस्था सामान्य रहेको छ ।