सरकारलाई सांसद आरेन राईको प्रश्न- जीवी राई कहिले पक्राउ पर्छन् ?


काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्दै संसदमा प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले बोल्दै सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नहुने बताए ।

‘‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुमुमवासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जिबी राई कहिले पक्राउ पर्छन् सरकार ,’ उनले भने ।