काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको भन्दै प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् ।
प्रतिनिधि सभा नियमावली २०७९ मा रहेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।
नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।



प्रतिक्रिया