प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुन्छ :सभामुख


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जानकारी गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमापनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले विरोभ जारी राखेपछि उनले प्रधानमन्त्री बालेन संसद्मा आउने मिति चाँडै तय हुने बताए ।

सभामुख अर्यालले विपक्षीलाई भने मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार प्रधनमन्त्रीले छिट्टै उपस्थित भएर यहाँहरुको जिज्ञासा सम्बोधन गर्नुहुनेछ । छिट्टै मिति पनि तय हुनेछ ।’