काठमाडौँ । झण्डै १८ महिनाको अवधिमा अध्यागमन विभागले ६७५ विदेशी नागरिक निष्कासन गरेको छ ।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग मंगलबार एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा विभागले यसबारे जानकारी दिएको हो ।
विभागका अनुसार सन् २०२५ मा अवैध रूपमा काम गर्ने ५२३ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो। यस्तै सन् २०२६ को मे २५ सम्म १५२ जना विदेशी नागरिक निष्कासनमा परिसकेका छन्। विभागका अनुसार हाल देशका १८ कार्यालयमार्फत अध्यागमन सुधारका काम भइरहेको छ।
अध्यागमन नियमन र आवागमन सहजीकरणबिच सन्तुलन कायम गर्दै राष्ट्रिय सुरक्षा सुदृढ गर्ने तथा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ।



प्रतिक्रिया