१५ मिनेटका लागि संसद बैंठक स्थगित


काठमाडौं । विपक्षी दलहरुले अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि संसद बैंठक स्थगित गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामूहिक रूपमा विरोध जनाउँदै सदनको कार्यसूची अगाडि बढ्न नदिएका हुन् ।

बैठकको प्रारम्भमा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखिसकेपछि सदनको नियमित कारबाही सुरु हुने क्रममा प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरेका थिए ।

 विपक्षी दलहरू उठेर विरोध गरिरहँदा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेललाई सभामुखले पर्यटन विधेयक २०८२ पेस गर्न समय दिए ।

लगत्तै, पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सभाको अन्य कार्यसूचीमा पनि सभामुखले काम अघि बढाए । विपक्षीले अवरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद बैंठक स्थगित गरेका हुन् ।