काठमाडौँ । नेपाली बजारमा इलेक्ट्रोनिक्स सामानको व्यापार गर्दै आएको एलजी इलेक्ट्रोनिक्सले नेपाली घरहरूलाई लक्षित गर्दै आफ्नो नयाँ ‘ड्युलकुल इन्भर्टर एअर कन्डिसनर’ शृङ्खला सार्वजनिक गरेको छ । सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच मंगलबार यी उत्पादनहरू बजारमा ल्याइएको हो ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एक समारोहका बीच नयाँ एअर कन्डिसनर शृङ्खलाको आधिकारिक अनावरण गरे । बढ्दो ऊर्जा लागत र प्रोग्रेसिभ महसुल दरका कारण उपभोक्ता मारमा परिरहेका बेला एलजीले स्मार्ट बिजुली व्यवस्थापन प्रविधि ‘किलोवाट म्यानेजर’लाई यसपटक मुख्य आकर्षणका रूपमा भित्र्याएको छ । कम्पनीका अनुसार ‘किलोवाट म्यानेजर एउटा यस्तो ऊर्जा बचत गर्ने स्मार्ट प्रणाली हो, जसका माध्यमबाट उपभोक्ताले आफ्नो बजेटअनुसार एअर कन्डिसनरले खपत गर्ने बिजुलीको सीमा र सञ्चालन अवधि आफैं निर्धारण गर्न सक्छन् । ‘एलजी थिनक्यू’ एपमार्फत उपभोक्ताले मोबाइलबाटै वास्तविक समयको विद्युत् खपत निगरानी गर्न सक्नेछन् भने अस्वाभाविक वा धेरै बिजुली खपत भएमा तुरुन्तै अलर्टसमेत पाउनेछन् ।
यस प्रणालीले प्रयोगकर्ताले सेट गरेको सीमाभित्रै रहेर कोठालाई आरामदायी रूपमा चिसो बनाउन एअर कन्डिसनरको कार्यक्षमतालाई बुद्धिमानीपूर्वक समायोजन गर्छ, जसले गर्दा महिनाको अन्त्यमा अप्रत्याशित रूपमा धेरै बिल आउने डर हुँदैन ।
नयाँ ड्युलकुल एअर कन्डिसनरमा ‘ड्युल इन्भर्टर कम्प्रेसर’ जडान गरिएको छ, जसले सामान्य एअर कन्डिसनरको तुलनामा ७० प्रतिशतसम्म ऊर्जा बचत गर्ने र ४० प्रतिशत चाँडो कोठा चिसो बनाउने कम्पनीको दाबी छ ।
त्यस्तै, घरभित्रको वायु स्वच्छता ‘इनडोर एयर हाइजिन’लाई ध्यानमा राख्दै यसमा ‘फ्रिज क्लिन’ विशेषता थपिएको छ । यस प्रविधिले एअर कन्डिसनरको भित्री भागमा जम्मा भएका धुलो र अशुद्धिहरूलाई बरफको तह बनाएर जमाउँछ र पग्लिने क्रममा ड्रेनेजमार्फत बाहिर निकाल्छ । विभिन्न प्रयोगशाला परीक्षणहरूले यो प्रविधिले एभपोरेटरमा रहने हानिकारक ब्याक्टेरियाहरू ९९ प्रतिशतसम्म नष्ट गर्ने देखाएको छ ।
नेपाली बजारमा विगत चार दशकभन्दा बढी समयदेखि सीजी इलेक्ट्रोनिक्सले एलजीका प्रिमियम उत्पादनहरू आधिकारिक रूपमा वितरण गर्दै आएको छ ।





प्रतिक्रिया