चलचित्र जाँच समितिको नेतृत्व १५ वर्ष अनुभव भएका फिल्मकर्मीलाई दिनुपर्छ :सांसद राई


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले केन्द्रीय चलचित्र जाँच समितिको नेतृत्व १५ वर्ष अनुभव भएका फिल्मकर्मीले गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

चलचित्र विकास बोर्डलाई स्वायत्तता दिनुपर्ने प्रस्ताव सहि रहेको उनले बताए । ‘बोर्डलाई स्वायत्तता दिनुपर्छ भन्ने कुरा ठीक छ’ उनले भने । अध्यक्ष र सदस्यको सेवा मन्त्रिपरिषद्ले तोके बमोजिम हुनुपर्छ भन्ने कुरालाई परिवर्तन गरेर यसलाई नियमावलीमै तोक्नुपर्ने उनले धाराणा व्यक्त गरे ।