काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा कहाँ लैजानुहुन्छ भन्नेबारे हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा टुँडिखेलको मञ्चबाट सम्बोधन गर्नुपर्छ,’ यादवले भने ।
प्रथम राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले सुन्न चाहेको आशय पनि व्यक्ति गरे ।
‘



प्रतिक्रिया