काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चलचित्र निर्देशक निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो ।
यस्तै रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेल, युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय र रवि किरण हमालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिको प्रतिवेदनका आधारमा उक्त सिफारिस गरिएको हो । उनिमाथि जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत प्रदर्शन भड्काउन भूमिका खेलेको देखिएकाले थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको हो ।



प्रतिक्रिया