सीआईबीको हबल्दार हुँ भन्दै धम्क्याउँदै हिड्ने नक्कली प्रहरी पक्राउ


काठमाडौं, १३ जेठ । प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन् ।

नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार आज काठमाडौँ महानगरपालिका–७ गौरीघाट पक्राउ परेका हुन् ।

निजले चाबहिललगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हबल्दार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।