संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछ : मुख्यमन्त्री पाण्डे


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाम्रा संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावालाई थप सुदृढ बनाउने बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पारस्परिक सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई इदजस्ता पर्वले मजबुत बनाउने बताए ।

यस पर्वका माध्यमबाट आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र सामाजिक एकतालाई अझ सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्र्दै उनले सन्देशमा भनेका छन्, “विविधतामा एकता नेपालको मौलिक विशेषता हो । गण्डकी प्रदेश पनि बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सहअस्तित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको छ । हाम्रो साझा सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धनले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै पर्यटन विकास र आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास छ ।”