कांग्रेसकाे कारबाहीपछि दुई वडाध्यक्ष पदमुक्त


काठमाडौँ । नेपाली कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्ष पदमुक्त भएको छ।

निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै गुल्मीको मुसिकोट नगरपालिका२ र धुर्कोट गाउँपालिका३ को वडाध्यक्ष पद रिक्त भएको जानकारी दिएको छ।

मुसिकोट २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट ३ का वडाध्यक्ष रवीन्द्र केसीको पद रिक्त भएको हो।

राजनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।