बारा । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन् ।
सापकोटाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामापत्र राख्दै सो कुराको जानकारी दिएकी हुन् ।
एमाले जिल्ला कमिटी बाराकी सदस्य समेत रहेकी उनले १५ वर्षदेखि एमालेमार्फत देश र जनताको सेवा गरेको र सो अभियानमा साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको जनाउँदै परिचयपत्र समेत सार्वजनिक गरेकी छन् ।




प्रतिक्रिया