कांग्रेसले गठन गर्‍यो ७ विषयगत उपसमिति,क-कसले पाए जिम्मेवारी ?


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात विषयगत उपसमितिहरू गठन गरेको छ ।

बिहीबार राति सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार र श्रमिकका समस्या जस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित रहेर उपसमितिहरू गठन गरेको हो ।

प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा भएको बैठकमा पार्टी सभापति गगन थापा पनि उपस्थित थिए ।

यी हुन् नवगठित उपसमिति र जिम्मेवारी पाएका नेताहरु :

१) अर्थ योजना : पार्टीको नीति, दृष्टि र योजना उपसमिति — प्रा. डा गोविन्दराज पोख्रेल
(निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत समग्र वित्तीय क्षेत्र)

२) जलवायु परिवर्तन सचेतना उपसमिति – रोशनी गिरी
(हाम्रा हिमालहरूमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्म)

३) नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति – मीनबहादुर भाम
(जेनजी अघिको जेनजीदेखि पछिको ‘अल्फा’ र नागरिक समाजको प्रबुद्ध तहसम्म)

४) अनौपचारिक क्षेत्रका श्रमिक : नीति र न्याय सम्बन्धी उपसमिति – महेन्द्र यादव

५) बाल अधिकार उपसमिति – उमंग लोहनी
(बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्म)

६) सार्वजनिक सेवा प्रवाह : नीति र थिती संवाद उपसमिति – गोपालप्रसाद पोख्रेल

७) गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति – अञ्जु झा