काठमाडौं । आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा सदनमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल भएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा सरकारले सदनमा शुक्रबार पेस गर्ने बजेटका विषयमा छलफल भएको प्रमुख सचेतक बासना थापाले बताइन् ।
साथै,प्रधानमन्त्री बालेन शाह जनताप्रतिको उत्तरदायी र जिम्मेवारी नभएको कांग्रेसले निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने विषयमा पार्टीको बैठकमा छलफल भएको थापाले बताइन्।



प्रतिक्रिया