गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस.जयशंकरबिच भेटवार्ता भएको छ । बुधबार उनीहरूबिच भेटवार्ता भएको हो ।

गृहमन्त्री स्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत गएका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारत बिचको द्विपक्षीय सम्बन्ध र हालै नेपालमा आएको बाढी लगायतको विषयमा कुराकानी भएको बताइएको छ ।

गृहमन्त्री गुरुङ नेपाल फर्किन लागेका बेला दुई नेता बिचमा छोटो भेटघाट भएको बताइएको छ । विदेशमन्त्री जयशंकरले आफ्नो एक्समा लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुसी लाग्यो ।’

बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार भारत पुगेका थिए । बैठक हिजो सम्पन्न भएको छ । गृहमन्त्री गुरुङले हिजो भारतका गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए । गृहमन्त्री गुरुङ आज स्वदेश फर्किदैँछन् ।