टुँडिखेलमा ‘गणतन्त्र दिवस २०८३’ मा यस्तो देखियो(तस्विरहरु)


काठमाडौं । आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइएको छ । शुक्रबार गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना गरिएको थियो ।

टुँडिखेलमा कार्यक्रम आयोजना हुनुअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको थियो । त्यसुपछि सैनिक मञ्चमा बिहान ८ बजेदेखि औपचारिक कार्यक्रम सुरु गरेर दिवस मनाइएको हो ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गरेका छन् । प्रधानमन्त्री बालेनले भने सम्बोधन् गरेनन् ।

पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।