बागमती, १५ जेठ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।
गणतन्त्र दिवसले सबैलाई आपसी सद्भाव, भ्रातृत्व र एकताको सूत्रमा बाँध्न थप ऊर्जा र प्रेरणा मिलोस् भनी कामना गर्दै प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । रासस



प्रतिक्रिया